साहित्य/कला

कविता : प्रिय कमरेड

By Thah Online

April 07, 2021

तिम्रो सपनाको यात्रा पच्छ्याउदैछु प्रिय् तिम्रो आस्थाको बाटो खोज्दै छु प्रिय् तिम्रो बिचारको मार्ग बुझदैछु प्रिय् ॠतुहरुले धेरै पालुवा फेरि सक्यो समयले पटक पटक घात गरि सक्यो मुटुभरी चोटै चोटको निलडामले भरि सक्यो र पनि मेरो मन फेरियकोछैन तेहि सुनौलो दिनको पर्खाइमा नजरहरु डुलाइ रहेकोे छु चोटहरु पचाउदै पनि भन्न मनलाग्छ खबरदार बादसाहहरु !! सहिदको रगत सुकेको छैन खुट्टा उठाउदै गर्दा शिरमा लाठिहरुको बर्षा हुन्छ असिनाले थिचेको रुख जसरी थिचोथिचो पार्न खोजिन्छ र पनि तिम्रो सपनाको अघात मायाले होला मेरो शिर झुक्न जान्दैन मेरो पाइला रुक्नै मान्दैन हो प्रिय् बाचा कसम खायका थिऔ हामिले अन्न्त सम्म लडने निरन्तर अगि बढने जबसम्म सपनाको गन्तव्य भेटिदैन तबसम्म नथाकेर हिडने त्यसैले त होला आज पनि तिम्रै सपनाको हितैसी छु तिम्रो आस्थाको प्रेमी छु तिम्रै लक्ष्यको भोको छु जनयुद्धको कथा भन्छु जनमुक्तिको गित गाउछु बेला बेला सहिदको बस्तिहरुमा धाउछु कसैलाई मेरो आनिबानिले असैय पीडा दिन्छ कसैको मनहरुमा मलम बनेर छुन्छ जे होस आशाहरु मरेकोछैन तिम्रो सपनाको गितका सब्द सब्दहरु गुनगुनाइ रहन्छु यी भाकाहरुले कुनैदिन लय भर्नेछ्न सङ्गीत छर्ने छन सगरमाथाको शिखर छुनेछ्न लाल यात्रीहरु बिजय हुनेछ्न हो प्रिय् अद्य्यारो हटाउदै सारा छितिज खुल्नेछ्न रातो किरण सङ्गै तिम्रो हाम्रो सपनाहरु फुल्नेछ्न भौतिक रुपमा त हामी अब कैलै भेट्ने छैनौ प्रिय् कमरेड हो मलाई थाह छ मेरो जिन्दगीको भोगाइहरु तिमिलाइ सुनाउन पनि सक्ने छैन प्रिय् कमरेड तिम्रो सपनाहरू फुल्नुथाले भने मेरो मनले भुल्नेछ विजयको झन्डा सगरमाथामा फहरायो भने बल्ल मेरो गर्वले छाती फुल्नेछ !!

आजको दिन जिवनको अबिस्वास्निय दिन सहिद कमरेड जलनको सम्झनामा २५ चैत्र २०७७