एमाले(माओवादी पार्टी समितिको बैठक बस्दै



सैघाली खबर,
काठमाडौं ७ माघ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक दिउँसो ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ ।

बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्को पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।

 

आइतबारको बैठकको पूर्वतयारीअनुसार शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रचण्डले आइतबारको बैठकबाट महत्वपूर्ण निर्णय हुने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्