भ्रष्टाचारका विरुद्ध जाग्न नेता शर्माकाे आह्वान



काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताएका छन्। नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उनले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताएका छन्।

३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व गृह मन्त्रीसमेत रहेका शर्माले भ्रष्टाचारका विरुद्ध नागरिक जाग्न आह्वान गरे।

उनले पार्टी अध्यक्ष प्रचण्डले विकास गरेको समाजवादको दिशालाई रुकुमबाट लागू गर्ने शर्माले उल्लेख गरे। नयाँ विचारको निर्माण र संश्लेषणका लागि आधार तयार गर्न आफू तयार भएको बताउँदै उहाँले प्रचण्डले रोपेको समाजवादको बिउमा रुकुमले नर्सरीको रूपमा तयार रहने बताए।

फरक प्रसङ्गमा उत्पादन र बजारीकरणको लागि जिल्लामा श्रम सहकार्य समूहमार्फत कार्य गरेर गरिबीलाई डाँडा कटाउने बताउँदै उनले ६ महिनाभित्रै किसानहरूको शेयरमा जिल्लामा दुग्ध उद्योग सञ्चालन गर्ने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्