सैघाली खबर,
काठमाडौं ७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली आइतबार सार्वजनिक गर्दैछ। प्रदेश सांसदको शपथग्रहण सम्पन्न भएलगत्तै आयोगले मतदाता नामावली सार्वजनिक गर्नेछ।
शपथग्रहण सम्पन्न भएसँगै नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र नगरपालिकाका प्रमुख उपप्रमुख गाउँपालिकाका अध्यक्ष्उपाध्यक्ष मतदाता हुने व्यवस्था छ।
५५० प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभाका लागि सांसद चुन्नेछन्। ५९ सदस्यीय राष्ट्रियसभाका लागि सात प्रदेशबाट आठ्आठ सांसद निर्वाचित हुनेछन्। संवैधानिक व्यवस्थाअनुसार बाँकी तीन सासद सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्।thahakhabar

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।