सुनको मूल्य ५०० ले बढ्यो, ८८ हजार रूपैयाँमा कारोबार



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज ‍छापावाला सुन प्रतितोला ५०० रूपैयाँले वृद्धि भइ ८८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८७ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  चाँदी आज १० रूपैयाँले बढेर १२४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्