लियो क्लब वालिङ सिटीको अध्यक्षमा खुम शर्मा (बिपुल)



लियो क्लब वालिङ सिटी को आज दोस्रो अधिवेशन सम्पन्न भएको छ। । अध्यक्षमा खुम शर्मा( बिपुल ) प्रथम उपाध्यक्ष लियो सुमना लामिछाने दृितिय उपाध्यक्ष लियो प्रज्ज्ल रनपाल तृतीय उपाध्यक्ष लियो हरि रेग्मी सचिब लियो किशोर बस्याल कोषाध्यक्ष लियो समीर श्रेष्ठ चयन गरेको छ l कार्यक्रमको अध्यक्षता लियो क्लब वालिङ सिटीका अध्यक्ष्य दिक्षान्त प्रताप खाँण गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि १ नेपाल का Aog लायन चेतनारायण श्रेष्ठले गर्नु भएको थियो l कार्यक्रममा प्रमुख अतिथि लायन चेत नारायण श्रे्ष्ठले लियो क्लब वालिङ सिटी देशको नै नमुना भएको कुरा जनाउनु भयो।

उहाले क्लबले गरेका कामहरुको प्रशंसा गर्नुभयो।आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरूको अपेक्षा गरेको कुरा जनाउनुभयो। सभापति खाँणले लियो क्लब वालिङ सिटी ले आगामी दिनमा थप क्रियाशील भएर लाग्न लियो साथीहरुलाई आग्रह गर्नुभयो।उहाले आफ्नो कार्यकालमा थुप्रै रचनात्मक कार्यक्रमहरू भएको र आगामी दिनमा पनि यस्तै सामाजिक ,रचनात्मक कार्यक्रमहरूको अपेक्षा गरेको कुरा जनाउनुभयो। कार्यक्रममा जोन चियर प्रसन लायन देवेन्द्र भट्टराई , क्लब एडभाईचर लायन बिजय कोइराला , लायन क्लब अफ वालिङ सिटी कि अध्यक्ष लायन कबिता भुसाल , लायन्स क्लब अफ ग्रिन होम अध्यक्ष सजना कंडेल , लियो सदस्य राज भट्टराई लगायत ले भनाइ राख्नु भएको थियो भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष लियो सुमना लामिछाने( मनिसा) ले गरेकी थिइन् भने निर्वाचित अध्यक्ष शर्मा ले निर्वाचित गराउन सहयोग गर्नु हुने सबै लाई धन्यवाद व्यक्त गर्नुभयो भने क्लबलाई थप उचाईमा पुराउन लाग्ने बताउनु भयो l कार्यक्रमको जानकारी २०२०/२१ का कोषाध्यक्ष लियो एन्जल श्रेष्ठ ले गराउनु भएको थियो भने सञ्चालन लियो क्लब वालिङ सिटी का सचिव हरी रेग्मीले गरेका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्