अपराध

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

By Saru Sunar

April 07, 2021

बारा, २५ चैत मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस-८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस-७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस-८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए । उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।