अपराध

पुजा परियारको हत्याको अभियोगमा काभ्रेका बिजय तामाङ प्रकाउ

By Saru Sunar

April 07, 2021

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ काभ्रे, २४ चैत रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएकी पुर्णकला भन्ने पुजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका-८ स्थित सडकमा आइतबार बिहान पुजा दमाई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डेराकोठाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले आफूलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी पुजालाई बसपार्कको सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशिल अङ्गहरुमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।