दुर्घटना

प्युठानको गौमुखी रजवारामा गोठ आगलागीमा परी दुई बालबालिकाको मृत्यु

By Thah Online

April 07, 2021

प्युठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।