सैघाली खबर,
झापा, ७ माघ – झापा अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
चक्र चोकका गहतराजले शनिबार बेलुका १५ दिनकी सुत्केरी १७ वर्षीया श्रीमती लेनिषा लिम्बुको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
गहतराज इलाका प्रहरी कार्यालय शनिश्चरेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।