ramchadra-paudel

राजनिती

नवीन्द्रराज जोशीको अभाव देश र कांग्रेसभित्र खड्कीनेछ : रामचन्द्र पौडेल

By Thah Online

April 07, 2021

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीको निधन भएपछि देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्। स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै नेता पौडेलले जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीने बताए।

‘लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्कीनेछ,’ उनले भने। स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रूपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको पौडेलको भनाइ छ।

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनले बताए। नेता पौडेलले बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको बताए। कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिंगो उपत्यकावासी शोकमा डुबेको बताएका छन्।