प्रदेश समाचार

पिइए इन्टिच्युट प्रालीद्धारा संचालित १५ दिने आरजे भिजे एण्ड पब्लिक स्पीकिङ तालिम सम्पन्न

By Thah Online

April 07, 2021

बसंता भुसाल चैत २५, बुटवल। पिइए इन्टिच्युट प्रालीद्धारा संचालित १५ दिने आरजे भिजे एण्ड पब्लिक स्पीकिङ तालिम पि.इ.एको सभाहल श्रवणपथमा मंगलवार सम्पन्न भएको छ । समाजका युवावर्गलाई लक्षित गरी व्यक्तित्व विकास गराई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

पत्रकार महासंघ पाल्पा शाखा कार्य समिति सदस्य सुवाश विसीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा बोल्दै उहाँले यस तालिमले प्रशिक्षर्थीहरुलाई बोल्ने बानीको विकास हुने र आत्म निर्भर बनाउन सक्ने भएकाले समाजमा भएका सत्यतथ्य घटनालाई बाहिर ल्याउदै सिकेको सिपलाई प्रयाग गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सहभागी १७ जनालाई प्रमाण पत्र वितरण गर्नु भएको हो ।

१५ दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक तथा कार्यक्रम संयोजक गोबिन्द भुसाल,विकाश भड्ढराई, बसन्ता भुसाल लगायतले प्रशिक्षण दिनुभएको थियो । आफूलाई हौसला मिलेको र आफ्नो बोल्ने बानीको विकास भएको तालिममा सहभागीहरुले बताएका हुन् । संस्थाका प्रबन्ध निर्देशक पवन शाह, पि.इ.ए एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकारी प्रितम भुसाल लगायतले आ­आफ्नो भनाई राख्नु भएको थियो । कल्पना ढकाल र महेश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।