टप फिचर

कृषिका लागि ठुलो रकम अनुदान दिदै राप्ती सोनारि गाउँ पालिका

By Saru Sunar

April 08, 2021

बाँके साकार कृषि सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम गरी राप्ती सोनारि गाउँ पालिका मार्फत राप्ती सोनारिकै वडा नम्बर ५ चिलरियामा आज खाद्यान्न तथा तरकारी प्रवर्द्धनको प्रथम सार्वजनिक सुनुवाइ भएको छ। राप्ती सोनारि गाउँ पालिकाको आर्थिक सहयोगमा र साकार कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा राप्तिसोनारिका ९ वटै वडाहरुका कृर्षकलाई खाद्यान्न उत्पादन तथा तरकारी उत्पादन सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त अभियान शुरु गरेको हो । सो अवसरमा आयोजित कार्यक्रमको सभापति चन्द्र प्रकाश शर्मा र प्रमुख अतिथि राप्ती सोनारी गाउँ पालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रि र अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष झगरु प्रसाद थारु, समाजसेवी डिल्ली बहादुर ओलि, हुमा संकर ओलि कृषि सहकारी संस्था लिमिटेडको सम्पूर्ण टिम र राप्ती सोनारी गाउँ पालिकाका ९ वटै वडाहरुका कृर्षकहरको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

गाउँपालिकाको १ करोड रुपैयाँ अनुदान र कृषकको १ करोड ३७ लाख ७ हजार ३७५ रुपैयाँ गरेर कूल २ करोड ३७ लाख ७ हजार ३७५ रुपैयाँमा राप्ती सोनारी गाउँपालिकामा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम गरिँदै छ । कार्यक्रम अन्तर्गत विशेष गरेर चक्लाबन्दी रुपमा व्यवसायिक तरकारी खेती गर्नेलाई ५० प्रतिशत अनुदानमा कृषि प्रविधि उपलब्ध गराउनमा उक्त रकम खर्च गरिने साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमान सिंह ओलीले जानकारी दिए । गाउँपालिका द्वारा प्राप्त आर्थिक सहयोग समन्वय साकार कृषि सहकारी संस्थाले गरिरहेको छ ।