काठमाडौं । नेपाल पत्रकार महासंघ ताप्लेजुङमा माधवकुमार नेपाल निकट प्रेस चौतारीले जितेको छ । प्रेस चौतारीको तर्फबाट उम्मेदवार आनन्द गौतम अध्यक्षमा विजयी भएका हुन् ।
ताप्लेजुङमा वाम–लोकतान्त्रिक प्यानल र एमाले केपी ओली निकट प्रेस चौतारी लगायतको प्यानल चुनावी मैदानमा थियो ।
वरिष्ठ उपाध्यक्ष कमलप्रसाद भट्टराई, महिला उपाध्यक्ष गंगा लिङ्खिम, सचिव सुवास आचार्य, सहसचिव वसन्त पालुङ्वा निर्वाचित भएका छन् । त्यस्तै समावेशी सहसचिव संगिता कार्की, कोषाध्यक्ष मदन गौतम, महिला सदस्य छिरिङडोमा शेर्पा, आदिवासी जनजाति सदस्य आलोक माबोहाङ, दलित सदस्य जीवन कालिकोटे, समावेशी सदस्य सूर्य गुरुङ र सदस्य सिताराम गुरागाई निर्वाचित भएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।