जाजरकोट पत्रकार महासंघको अध्यक्षमा बालकुमार शर्मा



काठमाडाैं : नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा गठबन्धनका बालकुमार शर्मा निर्वाचित भएका छन्। कुल खसेको ८६ मतमध्ये उनले ६४ मत प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी दीप कुमार घर्तीले मात्र २२ मत प्राप्त गरे। जाजरकोटमा कुल मतदाता संख्या ९७ रहे पनि ८६ मत मात्र खसेको हो।

त्यस्तै उपाध्यक्ष महिलामा टुकमायमा घर्ती निर्वाचित भएकी छन्। उनले ६६ मत प्राप्त परिन्। त्यस्तै सचिवमा गठबन्धनबाट भरत शर्मा विजयी भए। उनले ६६ मत पाएका छन्।

त्यस्तै कोषाध्यक्षमा गठनबन्धनकै युद्धजित शर्मा विजय भए। उनले ६५ मत पाए। यसैगरी सहसचिवमा गठबन्धनकै पवन शर्मा विजयी भए। उनले ६६ मत पाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्