पत्रकार महासंघ बझाङमा अध्यक्ष राेकाया प्यानल विजयी, प्रतिद्वन्द्वी १० भाेट मात्र पाए



उत्तम कुमार थापा, बझाङ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको अध्यक्षमा ५२ मत ल्याएर शैलेन्द्र रोकाया विजयी भएका छन् । यस्तै अध्यक्षका अर्का उम्मेदवार रमेश केसीले १० मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा सम्राट सिह ४७ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्द्वी ग्रेस सिहले जम्मा १४ मत ल्याएका हुन ।

त्यस्तै पत्रकार महासंघ जिल्ला शाखा बझाङको उपाध्यक्षमा सम्राट सिंह, सचिबमा ललित सिंह, समावेशी उपाध्यक्षमा बिना रोकाया, सहसचिबमा दोरेन्द्र खड्का, समावेशी सह–सचिवमा तरुणा जोशी, कोषाध्यक्षमा सुबास कठायत विजय भएका छन् ।

यस्तै सदस्यमा उत्तम कुमार थापा झलक सिंह, विष्णु खड्का, आसीस सिंह, दिनेश बोहरा, असोक खड्का, बिर्ख बोहरा, धुर्ब बिष्ट निर्वाचित भएका छन् । बझाङ जिल्लामा जम्मा मतदाता सख्या ८२ जना रहेकोमा ६८ जनाले मतदान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्