अर्बपतिको सूचीमा विनोद चौधरीको वरियता ६ सय २८ स्थान तल खस्कियो



काठमाडौं – अर्बपतिको सूचीमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीको वरियता ६ सय २८ स्थान तल झरेको छ। अमेरिकी म्यागाजिन फोर्ब्सले सार्वजनिक गरेको नयाँ सुचिमा चौधरी २ हजार १ सय ४१ औं स्थानमा छन्। गत वर्ष चौधरी १ हजार ५ सय १३ औं स्थानमा थिए।

फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ। अघिल्लो वर्ष पनि त्यही नै थियो। एक वर्षमा चाैधरीकाे सम्पत्ति स्थिर देखिएकाे छ। सन् २०१९ मा चौधरीको सम्पत्ति एक अर्ब ७० करोड डलर थियो।

फोर्ब्सले उल्लेख गरेअनुसार सीजी कम्पनी ग्लोबलका मालिक चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्