कारबाहीमा परेका चार सांसद आज पदमुक्त हुने सम्भावनामा कसकाे कति?



काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले माओवादी केन्द्रका चार सांसद पदमुक्त भएको जानकारी गराउने सम्भावना छ। नेकपा एकीकरण सर्वोच्चको फैसलाबाट भंग भई एमाले र माओवादी एकीकरणको पूर्वको अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सांसदलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयमा बुझाएका थिए। प्रचण्डले संसदलाई पत्र लेखेर लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन्।

सोही अनुरुप बिहीबार यी चार सांसदहरु पद मुक्त हुने सम्भावना छ। प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्