माओवादी छाडेर एमालेमा लागेका ४ मन्त्रीको सांसद पद खोसियो



२६ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको  बिहीवार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संघीय संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएपछि चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।  राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसदले दल त्याग गरेको सूचना संसद बैठकमा पेश गरेपछि पद रिक्त हुन्छ ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्