समिक्षा गाहा, दाङ ७ माघ।
दाङमा लघु नाटक तथा सास्कृतिक कार्यक्रम २०७४ हुने भएको छ। निड नेपाल फाउन्डेशन को आयोजनामा अनाथ बालबालिका लाई सहयोगगार्थ स्वरुप यहि माघको २९ गते नाट्य प्रतियोगिता हुने भएको छ। लघु नाटकको उजागंर र सरक्षणका लागी आउदै गरेको प्रेम दिबशको अबसर पारी नेपाली युवा युवतीहरुको प्रेम दिवशका बारेमा परेको नकरात्मक धारणालाई यस लघु नाटकका माध्यम बाट निराकरण गर्नै सक्नु पनि कार्यक्रमको उद्धेश्य रहेको कार्यक्रमका सदस्य शिब राज शर्माले जानकारी दिनु भयो।
उक्त कार्यक्रम बाट सङकलित रकमको कार्यक्रमबाट बचेको पैशा अनाथ बालबालीकालाई सहयोग गर्ने पनि बताउनु भयो। नाटक दुई चरणमा हुने र पहिलो चरणको कार्यक्रम २७ गते हुने र त्यस बाट छानीएकालाई दोस्रो चरणको फाइनल कार्यक्रम २९ गते हुने प्रथम पुरुस्कार १० हजार, दोस्रो ५ हजार र तेस्रो ३ हजार रहेको पनि आयोजकले जनाएको छ।
फम निशुल्क भर्न सकिने र यहि २० गते सम्म फम भर्न सकिने आयोजकले जनाएको छ। लघु नाटकका लागी एक गुप्रमा पाचँ जनाको समुह बनाइ करीब पाचँ देखि दशँ मिनेटमा नाटक सक्काउनु पर्नै जनाएका छन। कार्यक्रमका अध्यक्ष बिकास गुप्ताको अध्यक्षता,पत्रकार महासघंका कोषाध्यक्ष आर के शितलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।