कमल बिक्रम जिसी , काठमाण्डाै। नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावको मतगणना भइरहेको छ। केही जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म निर्वाचन समितिलाई ६५ जिल्लाको अन्तिम मत परिणाम प्राप्त भएको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिए।
१२ सयभन्दा धेरै मत खसेको काठमाण्डौ जिल्लाको मतगणना नै सुरु भएको छैन। काठमाण्डौको मतगणना शुक्रवार बेलुकी या शनिवार बिहान मात्रै सकिने भएकाले महासङ्घको अन्तिम परिणाम आउन अझै दुई दिन लाग्ने संयोजक काफ्लेको भनाइ छ।
अहिलेसम्मको नतिजाअनुसार विपुल पोख्रेलको प्यानलले देशका धेरै ठाउँमा अग्रता लिइरहेको छ। प्रारम्भिक परिणामको अनुपात हेर्दा ६० प्रतिशत मत पोख्रेलको पक्षमा र ४० प्रतिशत मत निर्मला शर्माको पक्षमा रहेको छ। महासङ्घका १३ हजार एक सय २२ जना सदस्य रहेकोमा बुधवार भएको मतदानमा झण्डै १२ हजार मत खसेको अनुमान निर्वाचन समितिले गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।