काठमाडाैं । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी भएका छन् । देवकोटाले ४२९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्दी बिष्णु शर्माले ३२१ मत ल्याएका छन् ।
त्यस्तै, खुल्ला उपाध्यक्षमा चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा बिमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, कोषाध्यक्षमा गणेशकन्चन भारती विजयी भएका छन् । त्यस्तै, सदस्यहरुमा महिला सदस्यमा चिना बिक र सुरिता बस्नेत वियी भएका छन् ।
खुल्ला सदस्यमा जीवन शाही, सुवर्ण शाही, दीपकुमार जैसी, नन्दराम जोशी सरोज वली, जीतप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह, हरिबहादुर सिंह विजयी भएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।