पत्रकार महासंघ दाङको अध्यक्षमा केसि ११ मतान्तरले बिजयि



दाङ । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा दुर्गालाल केसि निर्बाचित भएका छन । उनले ११ मतान्तरसहित अध्यक्षमा निर्बाचित भएका हुन।

केसिले १ सय ३५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दि लक्ष्मी आचार्यले १ सय २४ मत पाएकि थिइन । केसिको प्यानललाई एमाले निकट प्रेस चौतारी, राप्रपा निकट मिडिया नेपालको समर्थन थियो।

आचार्यलाई माओबादी निकट प्रेस सेन्टर, कांग्रेस निकट प्रेस युनियसहित ११ पत्रकार संघ संगठनले सहयोग गरेका थिए । महासंघको उपाध्यक्षमा बसुन्धरा गौतमले सर्बाधिक पपुलर मत पाई बिजयी भइन।त्यस्तै उपाध्यक्षमा सन्तोष सुबेदि, सचिबमा आरके सितल,सह सचिबमा दशरथ घिमिरे, अर्को सह सचिबमा दिप्ती शिखा चौधरि निर्बाचीत भएकि छिन भने कोषाध्यक्षमा शरद रेग्मी निर्बाचित भएका छन भने अन्य सदस्यहरुमा निर्बाचित भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्