दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु



२७ चैत, सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स ६ प ५२४३ ६ र   स ८ प ७३३० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । शवलाई परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्