कालोपट्टी बाँधेर सडकमा



सैघाली खबर
दाङ, ७ माघ । सरकारले प्रदेश नम्वर पाँचको अस्थायी मुकाम रुपन्देही लाई तोकेको विरोधमा दाङमा आईतवार दलका नेता तथा कार्यकर्ताहरु सरकारी निर्णयको विरोधमा शिरमा कालोपट्टी बाँधेर सकडमा उत्रिएका थिए ।

घोराहीको तुलसीपुरमा चोकमा दिउसो २ देखी ३ वजे सम्म मौन धर्नामा बसेर विरोध जनाएका छन । विरोधको कोणसभा लाई सम्वोधन गर्दै नेकपा एमालेका उप–सचिव शुरामणि बेल्वासेले सरकारले आफ्नो निर्णय नसच्याए सम्ममा आन्दोलनका कार्यक्रमहरु जारी नै रहने उहाँले बताउनुभयो ।

त्यस्तै कोणसभा लाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका उपसभापित कमानसिंह भारतीले सरकारी अन्याय पूर्ण निर्णय प्रति दाङवासी निरन्तर विरोध जनाईरहने चेतावनी दिनुभयो । उहाँले भनुभयो– ‘ दाङको आन्दोलन रोकिएको छैन । ’ जारी नै छ । त्यो सरकारले ख्याल गर्नुपर्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता विश्वराज आचार्यले सरकारले गरेको अन्याय पूर्ण निर्णय खेद दाङवासीहरुले मौन तरिकाले गर्न सक्नुपर्ने बताउनुभयो । दाङमा चर्किएको आमहडताल फिर्ता लिनुमा दाङवासी संगै प्रदेशवासीकै हितको पक्षमा छ । दाङमा हुन लागिरहेका राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरी स्थायी सरकारवाटै दाङलाई स्थायी राजधानी घोषणा गर्ने संकल्प रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘ दाङ राजधानी हुन्छ नै त्यो ढुक्क छौ । ’ रुपन्देहीको अस्थाई मात्रै हो ।त्यो तत्कालको कामकाम सुचारु गर्न मात्रै रहेको उहाँको भनाई छ । कार्यक्रमको सहजीकरण नेकपा एमालेका नेता सुदन केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्