नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने सक्ने इलेक्ट्रिक स्कूटर



काठमाडौं । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ। इलेक्ट्रिक स्कुटर कम्पनी ‘LVNENG’ को नेपालका लागि आधिकारिक बितरक जम्बो इको भेहिकल ( त्रिपुरेश्वर) ले ‘LVNENG’ ब्राण्डका ‘X1’ र ‘S5’ र जम्बो ब्राण्डका D06 र M20 मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्राएको छ।

यी स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पाट्सहरु संसारकै उत्कृष्ट कम्पनीका छन्।

‘X1’ मोडलमा २०२० र ‘S5’ मोडलमा ३००० WATT का BOSCH मोटर जडान गरिएको छ भने जम्बो ब्राण्डको D06 र M20 मा क्रमशः 2000 WATT र 1500 WATT का मोटर जडान गरिएको छ। BOSCH कम्पनीको यो मोटरमा Conversion Efficiency/Long Life Working Capacity, High Slope Ability हुने गौतमको दावी छ। यी स्कुटरमा Lithium Ion Polymer E7 सेरिजको संसारको सबैभन्दा पछिल्लो Technology को ३ घण्टामा फुल चार्ज गर्न सकिने SAMSUNG ब्याट्री जडान गरिएको छ र यी स्कुटरमा Dual Battery Option रहेकोले १६० कि.मिसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ।

यसमा वातावरणअनुसार उज्यालो दिने LED Headlights, Rear and Front Disk Break, IP65 Water proofing, Bluetooth, Key Less Entry, Search Mode, Sensor Controlled System, Failure Indication System (जसले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ) लगायतका अत्याधुनिक विशेषता छन्। कम्पनीले X1 स्कुटरको २,६०,००० S5को २,९९,९९९, D06 को २,३५,००० र M20 को १,८५,००० मूल्य पर्ने जनाएको छ।

ग्राहकले डबल ब्याट्री राख्न चाहेमा थप ६० हजार पर्ने कम्पनीले जनाएको छ। सुरुवाती चरणमा कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा बिस्तार गरेको छ भने छिटै देशैभरि नेटवर्क बिस्तार गर्ने तयारी गरेको छ। कम्पनीलेAfter Sales Service का लागि Smart Home Sewa Application बाट आफ्ना Customer लाई १ घण्टाभित्र Service दिने तयारी गरेको छ। जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पु¥याउने कम्पनीले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्