नयाँ कोरोना संक्रमितमा जटिल लक्षण देखिएका छन्, मृत्यु हुने सम्भावना बढी छ : प्रवक्ता गौतम



काठमाडौं। सरकारले पछिल्लो समय देखिएका कोरोना संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको जनाएको छ। संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

डा. गौतमले भने, ‘उस्तै भए पनि संक्रमितहरूलाई जटिल लक्षण देखिराखेको छन्। संक्रमण भएकाहरूमा जटिल लक्षण धेरै देखिएको छ। जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ।’

प्रवक्ता गौतमले भिडभाडले कोरोना संक्रमण फैलिन जोड दिने भएकाले २५ जनाभन्दा बढी मानिस भेला हुने रोक लगाउने गरी कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)लाई सिफारिस गरेको छ। विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस पनि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्