दंगिशरणमा कृषि अनुसन्धान केन्द्र स्थापना र्छाै



हिरालाल चौधरी ‘वज्र’
अध्यक्ष पदका उम्मेदवार दंगिशरण गाउँपालिका

दंगिशरण गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
दंगिशरण गाउँपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी परेको हो । यस क्षेत्रमा अधिकांश आर्थिक अबस्था कमजोर भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँको मुख्य पेशा भनेको कृषि नै हो । निर्वाहमुखी कृषिका कारण आम जनतालाई छाक तार्न नै मुस्किल परेको छ । अब हामीले वैज्ञानीक कृषिको माध्यमबाट उत्पादन बढाएर जनताको आर्थिक अबस्था सुधार गर्नुपर्छ । यहाँ पानि प्रशस्त छ तर, वृहत योजना नहुँदा पानि त्यतिकै खेर गईरहेको छ । हामीले खोला नालाको संरक्षण गर्दै सिचाई योजना सञ्चालन गरेर खेतीयोग्य जमिनमा सिंचित गर्न सक्छौं । यहाँको मुख्य पेशा भनेको कृषि हो । कृषिको माध्यमबाट यस क्षेत्रको विकास र यहाँका जनताको जीवनस्तर बढाउनको लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । मलाई विश्वास छ यहाँका आम जनसमुदायले मलाई अध्यक्षमा निर्वाचित गरेर सहयोग गर्नुहुने छ ।

5 hiralal chaudhary copy

तपाई अध्यक्ष भइसकेपछि दंगिशरण गाउँपालिकामा के गर्नुहुन्छ ?
दंगीशरण गाउँपालिकामा सिचाईको सुविधा कम भएकाले म अध्यक्ष भइसकेपछि सबैभन्दा पहिले विभिन्न सिचाई योजनाहरु सञ्चालन गर्ने छु । गाउँपालिकाका सबै वडालाई जोड्ने सडकहरुलाई विस्तार गर्दे कालोपत्रे गरिने छ । दंगिशरणगाउँपालिकामा थारु संग्रालय स्थापना गरेर आन्तरीक तथा वाह्य पर्यटक भित्र्याईने छ । अहिले यहाँका जनताहरु परम्परागत कृषि उत्पादन गरिरहेका छन् । यसले आम जनताको श्रम खेर गईरहेको छ तर, उत्पादन हुन सकेको छैन । अब विशेष योजना तयार गरेर परम्परागत कृषिको अन्त्य गर्दै कृषिमा आधुनिकरण गरिने छ । दंगिशरण गाउँपालिाको विकट साविक गोल्टाकुरीको १ नम्मर वडाको भलैखोलाबाट विद्यूत उत्पादन गरिने छ । हाम्रो मुलुक कृषि प्रधान देश हो । तर, कृषि विषयको राम्रोसँग अध्यापन हुन सकिरहेको छैन । त्यसैले हामीले दंगिशरणमा कृषि प्राविधिक शिक्षालय स्थापना गर्ने छौं । यहाँका जनतका स्वास्थ्य उपचाकारका लागि १५ शैयाको अस्पताल बनाई ने छ । दंगिशरणलाई नमुना हरियाली गाउँपालिका बनाईने छ । यहाँ राष्ट्रियस्तरको कृषि अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने छ । किसानहरुको विउँको सुरक्षाका लागि अत्याधुनिक कोल्डस्टोरको व्यवस्था गरिने छ । हामीले कृषि, सडक, खानेपानी, सिँचाई, स्वास्थ्या, शिक्षा लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने छौं ।
दंगिशरणवासीले तपाईलाई नै विजयी गराउनुपर्ने कारण के हो ?

जसको नीति उसको नेतृत्व भने जस्तै स्थानीय तह माओवादीको नीति हो । स्थानीय तहको व्यवहारीक कार्यान्वयनका लागि माओवादीले नै नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माओवादीले जनतालाई कहिले पनि धोखा दिदैन भनेर जनताले बुझिसक्नुभएको छ । अर्को कुरा म राजनीतिका लागि घर परिवारको मोह त्यागेर हिडेको मान्छे । अहिले पनि यस क्षेत्रका जनताले मेरो मूल्यांकन राम्रोसँग गरिसक्नुभएको छ । मैले जनताका कामहरु सहज र सरलरुपमा गर्नेछु । गाउँपालिकाको विकाशका लागि मसँग स्पष्ट गुरुयोजना रहेको छ । योजना नभएका र कुनै दृष्टिकोण नबोकेका व्यक्तिले गाउँको विकास गर्न सक्दैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्