गिरिराज नेपाली
दाङ, ७ माघ । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दाङमा हुन लागिरहेको प्रदेश नम्वर पाँचको मतदाता नामावली आईतवार प्रकाशन गरिएको छ । प्रदेश नं. पाँचको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार पाँच नम्वरका प्रदेशका एक सय ९ स्थानिय तहका दुई सय १८ गाउँ नगर तथा उपमहानगरपाकिला प्रमुख÷ उपप्रमुख र प्रदेशसभाका नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिक गरी ८७ जना गरी तीन सय ५ जनाको नामावली प्रकाशन गरेको छ ।
प्रदेश नं. पाँचको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार पाँच नम्वर प्रदेशका १२ जिल्लाका स्थानिय तहका जनप्रतिधि र प्रदेश सासंद गरी तीन सय ५ जना निर्वाचित जनप्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको जानकारी दिनुभयो ।
त्यस्तै आज ८ सोमवार १२ देखी ३ वजे सम्म प्रकाशित नामावली माथि दावि विरोध उजुरी दिन सकिने छ । भोली ९ गते मंलवार विहान १० वजे देखी वेलुका ५ वजे भित्र दावि विरोध माथि छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने, त्यस्तै १० गते विहान १० वजे देखी वेलुका ४ सम्म उम्मेदवारी मनोनयन गरिने गरी बेलुका ५ वजे मनोनयन दर्ता पत्र भएका उम्मेदवारहरुको सुचि प्रकाशन गरिने कार्यक्रम तय भएको प्रदेश नं. पाँचको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनताएको छ ।
त्यस्तै माघ १२ गते विहान १० वजे देखी बेलुका ५ वजे सम्म उम्मेदवार दावि विरोध उजुरी दिने सकिने , १३ गते विहान १० देखी ५ वजे सम्म दावि विरोध माथि छानविन गरी निर्णय गर्ने , १४ गते विहान १० वजे देखी दिउसो १ वजे सम्म मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिने र दिउसो १ देखी ४ वजे सम्म उम्मेदवारी फिर्ता लिन पनि सकिने छ । त्यस्तै १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरि सोही दिन अपराह्न उम्मेदवारहरु लाई निर्वाचन चिह्न प्रदान गरिने प्रदेश नं. पाँचको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।