मुख्य समाचार

भारतमा एकैदिन १ लाख ४४ हजारमा कोरोना संक्रमण

By Thah Online

April 10, 2021

काठमाडौं। भारतमा थप १ लाख ४४ हजार ८२९ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो।

यसअघि गत (शुक्रबार) चैत्र २७ मा भारतमा दोस्रो धेरै १ लाख ३१ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ। यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना संक्रमणमुक्त भएका छन्। अब भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ३७६ छ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४७६ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ थप ७७३ जनाको मृत्यु भएको छ।