कमरेड सुनिलको सम्मानार्थ राष्ट्रपति भण्डारीद्वारा जनसेवा श्रि पदक प्रदान



काठमाडाैं ।   यो मुलुकको निमित्त बगाएको रगतको उच्च मुल्याङ्कन गर्दै सम्मानिय राष्ट्रपति बिध्यादेबि भण्डारी को हातबाट शहिद कमरेड सुनिलको सम्मानार्थ जनसेवा श्रि पदक उहाँका परिवारले ग्रहण गर्नुभयछ।

जनयुद्कै एक कुशल कमाण्डर एवं जनप्रिय संगठकको नाम हो किम बहादुर थापा ( सुनिल )। रोल्पाको गजुलमा जन्मनु भयका कमरेड सुनिल शिक्षण पेशा हुदै तत्कालीन नेकपा माओबादिको भुमिगत राजनीतिमा सक्रिय बन्नु भयको थियो।सिंगो घरपरिवार नै जनयुद्वमा होमिएको कमरेड सुनिलको परिवारले तत्कालीन जनयुद्वमा निकै ठुलो बलिदानि गरेको छ ।

२०६२ मंसिर १४ गत्ते जनमुक्ति सेनाको पाचौ डिभिजन घोषणा कार्यक्रम हुदै गर्दा सल्यान र रोल्पाको सिमना मनिमारेमा तत्कालीन राज्यद्वारा हवाइ आक्रमण गरि हत्या भयको थियो कमरेड सुनिलको।जुनदिन पासाङ् र विप्लव जस्ता कमाण्डरहरुले अंगालो हालेर रोएका थिए । त्यतिबेला शहिद कमरेड सुनिल पाचौ डिभिजनकै डिभिजन कमाण्डरको जिम्मेबारि सम्हाल्नु भयको थियो ।

जनयुद्व विश्रामकै पूर्वसन्ध्यामा शहिद कमरेड सुनिलले बगाएको रगतले उहाँको नाम इतिहासमा स्वर्णिम अक्षरले लेखियो।तर बिडम्बना शहिद कमरेड सुनिल जस्ता जनयोद्वाहरुले बगाएको रगत पसिनामाथि उहाँकै समकक्षिहरुले बाराम्बार हारजितको राजनिति गरिरहे,शहिदका ति सपनामाथि घात,जालझेल र षड्यन्त्र गरिरहे । शान्ति प्रक्रिया पश्चात कयौपटक सत्ताको शक्ति हातमा लियका तत्कालीन माओबादिका नेताहरुले शहिदहरुलाई यसरि सम्मान गर्नुपर्छ भन्ने मानसिकता किन पलाएन होला?? आज कमरेडहरुलाई लाज लाग्यो होला कि लागेन होला??

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्