ईनारमा एक जना व्यक्तिको शव फेला



ईनारमा एक जना व्यक्तिको शव फेला २७ चैत्र, कपिलवस्तु । कपिलवस्तु जिल्लामा एक जना व्यक्त शव ईनारमा भेटिएको छ । गत राती मायादेवी गाउँपालिका १ सेमरौटी गाउँका स्थानिय बब्बू यादवको घर स्थित रहेको इनारमा एक जना व्यक्तिको शव फेला परेको इलाका प्रहरी कार्यालय पकड़ीले जनाएको छ । प्रहरी अनुसार ती व्यक्ति अन्दाजी ३० देखि ४० वर्षका रहेका छन । उनी संगै एटलस साईकल समेत ईनारमा फेला परेको थियो । ती व्यक्ति को हुन, नाम, ठेगाना, भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्माराज भणडारीले नील खबरलाई बताउनुभयो । शव पोस्टमार्टमका लागी तौलिहवा जिल्ला अस्पताल कपिलवस्तुमा पठाईएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्