ज्ञानज्वोती माध्यमिक बिधालयमा रहेको क्वालिटी सर्कल संस्थाद्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग



ज्ञानज्योती माध्यमिक बिध्यालयमा रहेको इस्टुडेन्ट क्वालिटी सर्कल संस्थाद्वारा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३९ बर्षका ठमन बि.कलाई केही खाद्यान्न सहयोग गरेका छन् । आर्थिक अबस्था सारै नै नाजुक र स्वास्थ अबस्था कमजोर भएका ठमन बिकलो घरमा गएर सस्थाका प्रतिनिधिले उनको घर समेत सफाइ गरिदिएका छन् ।
खाद्यान्नमा ५० किलो चामल, ५ किलो दाल ,तेल,नुन,बेसार,लगाउने कपडा,ओढने, ओछाउनी सिरक , डसना, सिरानी,झुल, सरसफाइ गर्ने झाडु , डस्पिन ,साबुन स्याम्पु लगायतका सामाग्री पनि पिडित ठमन बि. कलाई हस्तान्तरण गरेका छन् । निकै कष्टकर जीवन बिताइ रहेका ब्यक्ति अरुलाइ पनि सहयोग गर्दै आगामी दिनमा पनि यसरी नै ज्ञान ज्योती फैलाउदै माध्यामिक बिध्यालयले सहयोग गर्दै जाने S.Q.C का परिवारले जानकारी दिए ! साथै इस्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष निरज बस्याल,उपाध्यक्ष समृद्धि बोहरा ,सचिब खगेन्द्र डाँगी,कोषाध्यक्ष आशिष ओली,सल्लाकार निस्चल डाँगी ,दिपिल खद्का ,सरद पाण्डे सदस्यहरु अनिश शर्मा,निस्चल सुनार,निस्चल नेपाली,खेमराज डागी, सुस्मा,पुजा,प्रकृति श्रेया ,पुनम,सुमन,लक्ष्मी,अस्मिता,सारा,निशा,वर्षा,अलिशा,दिलिप,सर्जन,देब,सुनिता,सितल,संगम,जिनित ,अरुना,बिन्दु,सम्झना,सबिता,जेनिसा,पुजा,सरोज,अरुना,सबिता,बिन्दु,सुस्मा,भुमा,यलिना,निभा,लगाएत सम्पुर्ण परिवारले सयुक्तरूपमा सहयोग गरेको साथै अबका दिनहरुमा राम्रो कार्य गर्ने योजना रहेको बताए । बजारका सडक , चोक र गल्ली- गल्लीमा गएर फोहर ब्यबस्थित गर्ने इस्टुडेन्ट क्वालिट सर्कलका संचालक सचिब खगेन्द्र डागीँ ले जानकारी दिए।
उनले भने अब यो हाम्रो सुरुवात कार्य हो अब हामी निरन्तर यस्ता कार्य गरेर इस्टुडेन्ट क्वालिटी सर्कलले केही नयाँ पहिचान ल्याउन चाहन्छौं। अब हाम्रो मुख्य उदेश्य भनेको नगरपालिकाको गाडी लिएर हाम्रो संस्थाले बजारको भित्र गाडी नगएको ठाँउको फोहोरलाइ स्वयंम हाम्रो परिवारले ब्यबस्थापन गर्ने जानकारी दिए यसै गरी इस्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष निरज बस्यालले पनि निरनत्रर काम गर्ने र गरिब दुखीलाई सहयोग गर्ने बताएका छन् । ।यसै गरी सल्लाहकारनिस्चल डाँगीले पनि अबका दिनमा गरिब दुखिलाई सहयोग गर्ने र सामाजिक कार्यमा अगाडि बड्ने पनि बताए । सचिब खगेन्द्र डागीँले अब हामी सधै एक कदम अगाडी भएर अनुसाशन र इमानदारीताका साथ काम गर्ने जानकारी दिनुभयो ! गरिब दुखिलाई सहयोग गर्न पाउँदा इस्टुडेन्ट क्वालिटी सर्कलका सम्पूर्ण परिवार निकै खुसी भएको र आउदा दिनहरुमा पनि यहि कार्यलाई निरन्तर अगाडि बढाउनी जानकारी दिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्