‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार शीलतनिवासमा वितरण गरिएका विभिन्न मानपदवी, अलङ्कार र पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई शुक्रबार मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेको हो। वितरण गरिएका ती पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।

प्रदर्शनकारीहरूले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोइ ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्