अबको चुनावमा ओलीलाई पत्रकार महासंघमा जस्तै चौथो स्थानमा झार्नुपर्छ : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरूको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको उनले बताए।जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए।यस्तै, कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरू हुने दाबी पनि उनले गरे।उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ। हामीहरू र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ।’मोर्चा बन्यो भने पत्रकार महासंघको चुनावकै जस्तो हुनुपर्ने उनले बताए।‘देशैभरि ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ। तपाईं हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो,’ उनले भने।

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गरे।शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले गरे।‘हिजो मात्रै यहाँ तीन पार्टीको बैठक भयो। त्यहाँ छलफल भयो। बैठक चाहिँ राम्रो भयो। पहिलोचोटि नेपाली कांग्रेस खुलेर केपीले त बर्बादै पार्ने भए, सब प्रतिगमन नै गर्ने, सत्ता कब्जा गरेर हामी सबैलाई सिध्याउने भए भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु म,’ दाहालले भने।माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए। सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावादविरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको उनले बताए।हामी एकचोटि फेरि नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है फेरि। त्यही भन्यो भनेर प्रचार हुन सक्छ,’ उनले भने।पार्टी एकता गरेर आफूले गल्ती नगरेको पनि उनले बताए।तर, केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ती भएको दाहालले स्वीकार गरे।सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ती गरेको उनले बताए।‘केपीले हठ गरेपछि पार्टी एकता गडबड होला कि भनेर कैयौंपटक उदारतापूर्वक उनको कुरा मैले मानिदिएँ, त्यो बेला मन्न नहुने रहेछ भन्ने परेको छ मलाई,’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्