प्रचण्डलाई उत्तरकोरियाले ग¥यो भ्रमणको निम्तो



सैघाली खबर
काठमाण्डौ, ७ माघ । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो । भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिनुभयो। हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गगरे ।

जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिए ।

अध्यक्ष प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले(माओवादी बीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको लाई जानकारी दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्