टप फिचर

आज ३३७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

By Thaha - Online

April 10, 2021

काठमाडौं, चैत २८ । नेपालमा आज ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ लाई परिक्षण गर्दा २२७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ। बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन्।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ।