पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए



काठमाडौं, नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन, प्रेस सेन्टर लगायत ११ संगठनको संयुक्त प्यानलले निर्वाचनमा बाजी मारेको छ ।
नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलको हार भएको छ । सो प्यानलका सदस्य तथा केही जिल्लामा जित सुनिश्चित गरे पनि समग्रतामा निर्वाचनमा पराजित बनेको छ ।
महासंघ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार बिपुल पोखरेलले ६,९४२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । अध्यक्षका अन्य उम्मेदवारहरुमा निर्मला शर्माले ३,९१५, गजेन्द्र सिंह बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६,७४१, माधव नेपालले ३,७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ७,२२६ र दाना केसीलाई ३,५२८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष ९समावेशी० अन्तर्गत उदय जिएमले ६,११७, अवधेश झाले ३,५६१ र मोहनकुमार सिंहले ७,९८१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६,२४२ मत, बालकृष्ण बस्नेतलाई ३,८६० र सुबोध गौतमलाई ८९९ मत प्राप्त भएको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६,०७१ मत, रामकृष्ण ज्ञवालीले ३,०२१, जन्मदेव जैशीलाई १,१२७ र यम विरहीलाई ७५७ मत प्राप्त भएको छ । सोहीअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ६,५८० मत र निमा काफ्लेलाई ४०८९ मत प्राप्त भएको छ ।
त्यस्तै, सचिव आदिबासीमा नारायणसुन्दर किलम्बुलाई ६,३०० मत, शाहीमान राईलाई ३,२८९ र रामकुमार श्रेष्ठलाई १,११३ मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ५,९५८ र मधु शाहीलाई ४,६४६ मत प्राप्त भएको छ । त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ५,६९६ मत, स्वेता सिन्हालाई ४,४६१ मत र देवकुमार यादवलाई ६४७ मत प्राप्त भएको छ ।
सोहीअनुसार सचिव एशोसियट्सतर्फ पवन आचार्यलाई ५,७३५ मत, रामेश्वर कार्की २,८०० मत, केपी ढुंगानालाई ९०३ मत, केशवराज खनाललाई ५८० मत, राधेश्याम दाहाल ३४९ मत र विनय देवकोटालाई २५७ मत प्राप्त भएको छ । त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ५,६७८ मत, कृष्ण गिरी ३,२७८ मत, माधव दुलाललाई १००८ मत र प्रकाश थापालाई ६१८ मत प्राप्त भएको छ ।
त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ५,६८८ मत, द्वारिका काफ्लेलाई ३,१९१ मत र लक्ष्मण कार्कीलाई १,७१४ मत प्राप्त भएको छ । सोहीअनुसार खुला सदस्यमा छविलाल तिवारीले ४,९०० मत प्राप्त गरी विजयी हुनुभयो । अन्य खुला सदस्यहरुमा बासुदेव शर्मा ९वविन० ५,०९१ मत, माधव पौडेल ५,०९४ मत, रमेश खतिवडाले ४,६५९ मत, शिवराज खत्रीले ४,३५९ मत ल्याएर निर्वाचित हुनुभयो ।
सोहीअनुसार सदस्य महिला ९खसआर्य० तर्फ सरिता तिम्सिनाले ४,८९१ मत ल्याएर निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य महिला मधेसीतर्फ ललिताकुमारी शाहले ५७८६ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य महिला आदिबासीतर्फ शान्ता आङबुहाङले ५,५८८ मत ल्याएर विजय सुनिश्चित गर्नुभयो ।
महासंघ निर्वाचित समितिकाअनुसार सदस्य महिला दलित तर्फ सरिता बराइलीले ६११६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य आदिबासी जनजातितर्फ भिषण राईले ४,८६८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य आदिबासी जनजाति महिलातर्फ सन्चुकुमारी लामा तामाङले ५,५०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी पार्वता चौधरीले ३,१३२ मत प्राप्त गरी पराजित हुनुभयो ।
त्यस्तै, सदस्य दलिततर्फ प्रकाश धौलाकोटीले ६,०८२ मत प्राप्त गरी विजयी हुनुभयो । सोहीअनुसार सदस्य दलित महिलातर्फ राधा नेपालीले ५,७३४ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य मधेसीतर्फ सुवासप्रसाद साहले ४,६७८ मत ल्याई विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी बिरेन्द्र केएमले २,९२९, भउचप्रसाद यादवले १,१४० मत प्राप्त गर्नुभयो ।
सोहीअनुसार सदस्य मधेसी महिलातर्फ रिंकुकुमारी मिश्रले ५६६३ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य अपाङ्गता तर्फ नविन रिजाल विजयी हुनुभयो । उहाँले ५,१९२ मत प्राप्त गर्नुभयो । त्यस्तै, सदस्य अल्पसंख्यक तर्फ इफ्तखार हसनले ५,१३९ मत ल्याएर विजयी हुनुभयो । सोहीअनुसार प्रदेश १ को केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली राईले ५०१ मत र अमर खड्काले ८५९ मत ल्याएर विजयी हुनुभयो ।
त्यस्तै, प्रदेश २ सदस्यमा केसी लामिछानेले २७१ मत ल्याएर र शिव पुरीले ३१९ मतले निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेश सदस्यमा ध्रुवकुमार रावलले ६२५ मत ल्याएर विजयी हुनुभयो भने सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, गण्डकी प्रदेश सदस्यमा प्रदिप काफ्ले र त्रिभुवन पौडेल निर्वाचित हुनुभयो । उहाँहरुले क्रमशः ५५३ र ६३८ मत प्राप्त गर्नुभयो ।
सोहीअनुसार लुम्बिनी प्रदेश सदस्यमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल निर्वाचित हुनुभयो । उहाँ दुवैले क्रमशः ७९२ र ६३६ मत प्राप्त गर्नुभयो । त्यस्तै, कर्णाली सदस्यमा दिपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंहले ३३३ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तर विष्टले ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।
त्यस्तै, उपत्यका सदस्यमा सन्तराम विडारीले १,२०८ मत र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार प्रतिष्ठान सदस्यमा मणी दाहाल ४९१ मत, रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य एशोसियटमा कृति भट्टराई बीसीले २७४ मत र विकास कार्की ३०१ मत प्राप्त गरी विजयी बन्नुभयो ।
सोहीअनुसार लेखा समिति सदस्यमा मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित हुनुभयो । उहाँहरु क्रमशः ५,५३७ र ५,४४३ मत प्राप्त गर्नुभयो । गाेेेेरखा पत्र

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्