Banner Second

पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए

By Saru Sunar

April 11, 2021

काठमाडौं, नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन, प्रेस सेन्टर लगायत ११ संगठनको संयुक्त प्यानलले निर्वाचनमा बाजी मारेको छ । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलको हार भएको छ । सो प्यानलका सदस्य तथा केही जिल्लामा जित सुनिश्चित गरे पनि समग्रतामा निर्वाचनमा पराजित बनेको छ । महासंघ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार बिपुल पोखरेलले ६,९४२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । अध्यक्षका अन्य उम्मेदवारहरुमा निर्मला शर्माले ३,९१५, गजेन्द्र सिंह बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६,७४१, माधव नेपालले ३,७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ७,२२६ र दाना केसीलाई ३,५२८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष ९समावेशी० अन्तर्गत उदय जिएमले ६,११७, अवधेश झाले ३,५६१ र मोहनकुमार सिंहले ७,९८१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६,२४२ मत, बालकृष्ण बस्नेतलाई ३,८६० र सुबोध गौतमलाई ८९९ मत प्राप्त भएको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६,०७१ मत, रामकृष्ण ज्ञवालीले ३,०२१, जन्मदेव जैशीलाई १,१२७ र यम विरहीलाई ७५७ मत प्राप्त भएको छ । सोहीअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ६,५८० मत र निमा काफ्लेलाई ४०८९ मत प्राप्त भएको छ । त्यस्तै, सचिव आदिबासीमा नारायणसुन्दर किलम्बुलाई ६,३०० मत, शाहीमान राईलाई ३,२८९ र रामकुमार श्रेष्ठलाई १,११३ मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ५,९५८ र मधु शाहीलाई ४,६४६ मत प्राप्त भएको छ । त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ५,६९६ मत, स्वेता सिन्हालाई ४,४६१ मत र देवकुमार यादवलाई ६४७ मत प्राप्त भएको छ । सोहीअनुसार सचिव एशोसियट्सतर्फ पवन आचार्यलाई ५,७३५ मत, रामेश्वर कार्की २,८०० मत, केपी ढुंगानालाई ९०३ मत, केशवराज खनाललाई ५८० मत, राधेश्याम दाहाल ३४९ मत र विनय देवकोटालाई २५७ मत प्राप्त भएको छ । त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ५,६७८ मत, कृष्ण गिरी ३,२७८ मत, माधव दुलाललाई १००८ मत र प्रकाश थापालाई ६१८ मत प्राप्त भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ५,६८८ मत, द्वारिका काफ्लेलाई ३,१९१ मत र लक्ष्मण कार्कीलाई १,७१४ मत प्राप्त भएको छ । सोहीअनुसार खुला सदस्यमा छविलाल तिवारीले ४,९०० मत प्राप्त गरी विजयी हुनुभयो । अन्य खुला सदस्यहरुमा बासुदेव शर्मा ९वविन० ५,०९१ मत, माधव पौडेल ५,०९४ मत, रमेश खतिवडाले ४,६५९ मत, शिवराज खत्रीले ४,३५९ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य महिला ९खसआर्य० तर्फ सरिता तिम्सिनाले ४,८९१ मत ल्याएर निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य महिला मधेसीतर्फ ललिताकुमारी शाहले ५७८६ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य महिला आदिबासीतर्फ शान्ता आङबुहाङले ५,५८८ मत ल्याएर विजय सुनिश्चित गर्नुभयो । महासंघ निर्वाचित समितिकाअनुसार सदस्य महिला दलित तर्फ सरिता बराइलीले ६११६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य आदिबासी जनजातितर्फ भिषण राईले ४,८६८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य आदिबासी जनजाति महिलातर्फ सन्चुकुमारी लामा तामाङले ५,५०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी पार्वता चौधरीले ३,१३२ मत प्राप्त गरी पराजित हुनुभयो । त्यस्तै, सदस्य दलिततर्फ प्रकाश धौलाकोटीले ६,०८२ मत प्राप्त गरी विजयी हुनुभयो । सोहीअनुसार सदस्य दलित महिलातर्फ राधा नेपालीले ५,७३४ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य मधेसीतर्फ सुवासप्रसाद साहले ४,६७८ मत ल्याई विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी बिरेन्द्र केएमले २,९२९, भउचप्रसाद यादवले १,१४० मत प्राप्त गर्नुभयो । सोहीअनुसार सदस्य मधेसी महिलातर्फ रिंकुकुमारी मिश्रले ५६६३ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य अपाङ्गता तर्फ नविन रिजाल विजयी हुनुभयो । उहाँले ५,१९२ मत प्राप्त गर्नुभयो । त्यस्तै, सदस्य अल्पसंख्यक तर्फ इफ्तखार हसनले ५,१३९ मत ल्याएर विजयी हुनुभयो । सोहीअनुसार प्रदेश १ को केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली राईले ५०१ मत र अमर खड्काले ८५९ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै, प्रदेश २ सदस्यमा केसी लामिछानेले २७१ मत ल्याएर र शिव पुरीले ३१९ मतले निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेश सदस्यमा ध्रुवकुमार रावलले ६२५ मत ल्याएर विजयी हुनुभयो भने सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, गण्डकी प्रदेश सदस्यमा प्रदिप काफ्ले र त्रिभुवन पौडेल निर्वाचित हुनुभयो । उहाँहरुले क्रमशः ५५३ र ६३८ मत प्राप्त गर्नुभयो । सोहीअनुसार लुम्बिनी प्रदेश सदस्यमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल निर्वाचित हुनुभयो । उहाँ दुवैले क्रमशः ७९२ र ६३६ मत प्राप्त गर्नुभयो । त्यस्तै, कर्णाली सदस्यमा दिपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंहले ३३३ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तर विष्टले ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै, उपत्यका सदस्यमा सन्तराम विडारीले १,२०८ मत र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार प्रतिष्ठान सदस्यमा मणी दाहाल ४९१ मत, रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य एशोसियटमा कृति भट्टराई बीसीले २७४ मत र विकास कार्की ३०१ मत प्राप्त गरी विजयी बन्नुभयो । सोहीअनुसार लेखा समिति सदस्यमा मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित हुनुभयो । उहाँहरु क्रमशः ५,५३७ र ५,४४३ मत प्राप्त गर्नुभयो । गाेेेेरखा पत्र