प्रदेश समाचार

बैतडीको विद्यालयमा दिवा खाजा पकाउँदै आएका दलित हटाइए

By Saru Sunar

April 11, 2021

२९ चैत्र,बैतडी । बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएको छ । विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय सरकार आएपछि आफू समस्यामा परेको बताए ।  हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गै र दलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए । “मलाई दिवा खाजा पकाउने कामबाट हटाएर अहिले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी दिइएको छ”, परिचर तेजराम सार्कीले भन्नुभयो , “मेरो ठाउँमा एक जना चन्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी दिइएको छ ।