आर्थिक

याे साता शेयर बजार तीन दिनमात्रै खुल्ने

By Thah Online

April 11, 2021

काठमाडौं। यो साता तीन कारोबार दिन मात्र शेयर बजार मात्र खुला हुने भएको छ।

आज आइतवार घोडेजात्रा र बुधवार नयाँवर्ष विसं २०७८ सालको वैशाख १ गते सार्वजनिक बिदा परेकाले तीन कारोबार दिनमात्र शेयर बजार खुल्ने भएको हो। साताको पाँच दिन खुल्ने बजार यो हप्ता सार्वजनिक विदा परेकाले तीन दिन मात्र खुला हुने छ। यो साता सोमवार, मंगलवार र बिहीवार मात्र बजार खुल्नेछ।