अन्तर्राष्ट्रिय

चीनको कोइला खानीमा फसे एक दर्जनभन्दा धेरै श्रमिक, उद्दारकार्य जारी

By Thaha - Online

April 11, 2021

काठमाडौँ । चीनको शिनजियांग प्रान्तको एक कोइला खानीमा पानी भरिएको कारण १३ श्रमिक फसेका छन् । स्थानीय प्रशासनको अनुसार उक्त श्रमिकहरुलाई बचाउने कार्य भइरहेको छ ।

चीनी मिडिया रिपोर्ट्सको अनुसार, फसेका २१ जना मध्ये करिब आठ श्रमिकलाई अहिलेसम्म निकालिएको छ तर १३ श्रमिक अझै पनि कोइला खानीमा फसेका छन् ।

उद्धारकर्ताको अनुसार, ती श्रमिकहरु कस्तो प्रकारले फसेका छन् भन्ने पत्ता लागेको र उनीहरूलाई सास फेर्न कठिनाइ नहोस् भनेर खानी भित्र अक्सिजन पम्प गरिएको छ । साथै खानीबाट पानी बाहिर निकाल्ने कार्य भइरहेको छ ।