Banner Second

टिकटक बनाउन नदिमा हाम फालेका एक विद्यार्थी अझै वेपत्ता

By Thah Online

April 11, 2021

कैलाली। टिकटक बनाउन कर्णाली चिसापानी पुलबाट हाम फलेका एक किशारे वेपत्ता भएका छन्। प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए। यस्तै १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ।

उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय बिरेन्द्र सिंहको भने सकुसल उद्धार गरिएको छ। उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् ।