सुनकाे मूल्य घट्याे, कतिमा हुदैँछ काराेबार ?



चैत २९ , काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ। पछिल्लो केही दिन यता निरन्तर उकालो लागेको सुनको मूल्य आज भने घटेको हो। शुक्रबार ८९ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ४०० ले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ। चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्