बाबुछोराबीच विवाद हुदा मोरङमा बाबुको मृत्यु



२९ चैत, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा बाबुको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार विकोको जेठो छोरा लेटु सहनी बिरामी भएर घरमै सुतेका थिए । जेठो छोरालाई अस्पताल लैजान बोलाइएको एम्बुलेन्समै राखेर घाइते विकोलाई अस्पताल लगिएको थियो । प्रहरीले सोधपुछका लागि जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ । घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रवि बीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटा विकोको घाँटीमा उनिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्