माधव नेपाल समूहले रौतहटमा गरे समानान्तर कमिटी घोषणा



काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले रौतहटमा समानान्तर कमिटी घोषणा गरेको छ।  रौतहटको चन्द्रपुर नगरपालिकामा आयोजित नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलाले यादवको अध्यक्षतामा रहेको विद्यमान ७३ सदस्यीय जिल्ला कमिटीका घोषणा गरेको हो।

भेलामा नेता नेपालसहित घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, सरला यादव, राम कुमार भट्टराई, प्रदेश २ कमिटीका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरू तथा जिल्लाभरका करिब ८ सय भन्दा बढीको नेता कार्यकर्ताको उपस्थिति थियो । नेता नेपालको उपस्थितिमा कमल राय यादवको अध्यक्षतामा कमिटी घोषणा गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्