दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण



गणेश आचार्य
दाङ, जेठ २८ । जग्गा व्यवसायी रत्न वली बेपत्ता भएर मृत अवस्थामा भेटिएको १३ दिन नपुग्दै तुलसीपुरका अर्का व्यापारी राजकुमार श्रेष्ठ अपहरणमा पर्नुभएको छ । तुलसीपुर बजारमा बुटवल बस्त्रालय चलाउँदै आउनुभएका श्रेष्ठ शुक्रबार बेलुकादेखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभएको छ ।

श्रेष्ठको रणबहादुर परिवारबाट शनिबार बिहानै राजकुमार सम्पर्क बिहिन भएको प्रहरीलाई जानकारी गराइएको थियो । श्रेष्ठ बेपत्ता भएको खबर पाएसँगै श्रेष्ठको बा १२ च १०७१ नम्बरको गाडी सल्यानको रिममा भएको सूचना प्रहरीले पाएको थियो । रिममा गाडी भएको खबर पाएपछि गाडी फेला परेको स्थानमा दाङ र सल्यानबाट प्रहरी परिचालन गरिएको छ । त्यसैगरी राप्ती अञ्चलका सबै नाका सील गरिएको प्रहरीले जनाएको छ ।

 

rajkuram

 श्रेष्ठको अपहरण यसरी भयो
शुक्रबार राति पौने आठ वजे श्रेष्ठ घरबाट निस्कनुभएको थियो । अपहरित श्रेष्ठका छोरा प्रवेशलाई उद्रित गर्दै पत्रकार शरद रेग्मीले भन्नुभयो, ‘काका राती पौने आठ वजे अलि ढिला आउँछु भनेर बुबा निस्कनु भयो आउनु भएन ।’ जिप्रका सल्यानका प्रमुख श्यामबहादुर खत्रीका अनुसार अपहरित व्यापारी श्रेष्ठका अपहरणकारीले भारतीय नम्वर प्लेटको गाडी तोडफोड गरेर रणबहादुर घर्तीलाई पनि अपहरण गरेका छन् । उहाँका अनुसार अपहरणकारीले सल्यानको सोलावाङमा भारतीय नम्वर प्लेट भएको गाडी रोक्न खोज्दा नरोकेपछि गाडीमा ढुङ्गा प्रहार गरेका थिए । गाडी रोकेर उनीहरुले गाडीमा बसेकालाई लछारपछार गरेका थिए ।

प्रहरीका अनुसार उक्त गाडीमा चारजना भारतीय नागरिक र एकजना दाङको घोराहीका रणबहादुर घर्ती थिए । घर्तीले अपहरणकारीलाई, ‘जेलमा सँगै बसेको चिन्नु भएन र सोल्टी रु’, भारतीय नागरिकलाई उद्रित गर्दै डीएसपी खत्रीले भन्नुभयो, ‘चिनजानको मान्छेले किन यस्तो गर्नुहुन्छ रु भनेपछि उनीहरुले हामी चढेको गाडी पनि राजकुमार सवार गाडीसँगै रिम पु¥याए ।’ भारतीय नागरिकलाई प्रहरीले कपुरकोटमा राखेको छ । प्रहरीले राजकुमारको गाडी भएको आशंकामा भारतीय गाडी रोकेको हुनसक्ने प्रहरीको अनुमान छ । भारतीयले अपहरणकारी करिव १०/ १२ जनाको संख्यामा पेस्तोलसहित भएको बयान प्रहरीलाई दिएका छन् । डीएसपी खत्रीका अनुसार राजकुमारको गाडीका दुई वटा टायरको हावा फालिएको छ भने ह्यान्डिल लक गरे चाँबी लगिएको छ ।

गाडीबाट एकजोर कालो रङका लेडिज स्यान्डिल र गर्भ रहनबाट जोगाउन सेवन गरिने इकोन एक ट्याब्लेट प्रहरीले बरामबद गरेको डीएसपी खत्रीले जानकारी दिनुभयो । फिरौती रकम उठाउनका लागि आपराधिक गिरोहले युवती प्रयोग गरेर राजकुमारलाई अपहरण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्