बैंकमार्फत सामाजिक सुरक्ष भत्ता बाँड्दै फेदाप गाउँपालिका।

बैंकमार्फत सामाजिक सुरक्ष भत्ता बाँड्दै फेदाप गाउँपालिका।


इन्द्र नेपाली तेह्रथुम
तेह्रथुमको फेदाप पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण बैशाख २ गते बाट सुरु गर्ने भएको छ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन पालिकाको वडा नम्बर १ मा रहेको नेपाल बंगलादेश मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्न लागेको हो।
पाच वटा वडा रहेको पालिकाले ज्येष्ठ नागरिक, विधवा, अपांग, दलित बालबालिलाई वैशाख २ गते देखि तेस्रो चौमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्न लागेको हो।

गाउँ पालिका भित्रका लाभग्राहीलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्न लागेको गाउँ पालिका प्रमुख हरि प्रसाद चोङ्बाङ्गले बताए ।

पालिकामा १६६३जनाले करिब १६२०५०२६
रुपैया वरावरको सामाजिक रक्षा भत्ता पाउने लाभग्राही पाउने छन् ।

मुलुकका स्थानीय तहमा गलत लाभ ग्राही खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा फेदाप गाउँ पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि फेदापको केन्द्रमा रहेको नेपाल बंगलादेश बैंक सग सम्झौता गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि सबै लाभग्राहीलाई सरकारले जारी गरेको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको पालिकाले तेस्रो चौमासिकबाट मात्र बैंकिङ प्रणाली मार्फत वितरण गर्ने लागेको हो।

यसबाट फर्जी कागजात बनाएर हुने गरेको सामाजिक सुरक्षा भत्ता चुहावट नियन्त्रणमा सघाउन पुग्ने विश्वास उनको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन नगरपालिकाले आर्थिक वर्षमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि नेपाल बंगलादेश बैंकसँग सम्झौता गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्