सैघाली खबर,
काठमाडौं, । – नेपाली फिल्म बजारमा लगानी गर्न धेरैजना आनाकानी गर्छन् । रहरले फिल्म निर्माता बनेकाहरु एउटा, दुईटा फिल्म बनाएपछि विदेश पलायन भएको नेपालमा प्रशस्त देख्न पाइन्छ ।पछिल्लो समय बनेका केही नेपाली फिल्मले भने नेपाली फिल्ममा भविष्य नदेख्नेलाई गतिलो जवाफ दिएका छन् । २०६८ सालमा बनेको फिल्म ‘लुट’ले नेपाली फिल्म बजारमा राम्रो व्यापार गर्यो । फरक प्रकृतिको कथा र युवापुस्तालाई आकर्षित गर्ने अभिनयले गर्दा ‘लुट’ फिल्मले राम्रो आम्दानी गर्यो । ‘लुट’ फिल्मबाट एउटा कुरा के थाहा भयो भने फरक शैलीको कथा र उत्कृष्ट अभिनय भयो भने नेपाली फिल्मको बजार पनि आशाजनक छ ।
डुब्नेहरु यो समयमा पनि फिल्म बनाएर नडुबेका भने हैनन्, तर फरक ढंगको कथा र शशक्त अभिनय भएका सिनेमाले पछिल्लो समय नेपाली फिल्म बजारलाई सुधार गर्दै लगेको छ । यी हुन् पछिल्लो समय धेरै आम्दानी गर्ने उत्कृष्ट १० नेपाली चलचित्र ः
१। छक्का पञ्जा
२०७३ भदौ २४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा’ ले नेपाली इतिहासमै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रको सूचिमा नाम लेखाएको छ । यस चलचित्रले विश्वभर गरी २५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
चर्चित हास्य कलाकार दिपाश्री निरौलाको निर्देशन रहेको यस फिल्ममा दिपकराज गिरी, प्रीयंका कार्की, जितु नेपाल, केदार घिमिरे ९माग्ने बुढा०, बुद्धी तामाङ, शिवहरी पौडेललगायतका कलाकारको अभिनय रहेको छ । प्रमुख कार्यकारी निर्माता निर्मल शर्मा रहेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।
२। दर्पन छायाँ
प्रेम कथामा आधारीत नेपाली चलचित्र ‘दर्पन छायाँ’ १५ करोड रुपैयाँको व्यापार गर्दै धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा दोस्रो नम्बरमा रहेको छ ।
तुल्सी घिमिरेको निर्देशन रहेको यस फिल्ममा दिलीप रायमाझी, निरुता सिंह, उत्त्तम प्रधान, टिका पहाडीलगायतका कलाकारले अभिनय गरेका छन् । यस चलचित्रलाई श्रवण घिमिरेले निर्माण गरेका हुन् ।
३। लुट
१५ करोड रुपैयाँको व्यापार गरेर धेरै पैसा कमाउने नेपाली चलचित्रको सूचिमा अग्र स्थानमा रहेको चलचित्र हो ‘लुट’ । धरमराएको नेपाली फिल्म बजारलाई गतिशिलता प्रदान गर्न यो चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यस चलचित्रलाई नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गरेका हुन् । निश्चल बस्नेतको लेखन तथा निर्देशन रहेको यस फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्मा, रिचा शर्मा, सुस्मा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
४। छक्का पञ्जा २
‘छक्का पञ्जा २’ धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा तेस्रो नम्बरमा रहेको छ । यसले १२ करोड ५० लाखको व्यापार गरेको थियो । यो हास्य विधामा आधारीत चलचित्र हो ।
दिपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दिपकराज गिरी, प्रीयंका कार्की, जीतु नेपाल, केदार घिमिरे ९माग्ने बुढो०, बुद्धी तामाङ, वर्षा रावत, गौरब पहारी, स्वस्तीमा खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।
५। कोहीनुर
‘कोहीनुर’ धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा चौथो नम्बरमा छ । १२ करोडको व्यापार गर्दै यो चलचित्र धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा चौथो नम्बरमा पर्न सफल भएको हो ।
स्वर्गिय श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मीथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई राजुविक्रम थापाले छायांकन गरेका हुन् भने चलचित्रमा आकाश अधिकारीको लेखन तथा निर्देशन रहेको छ ।
६। कालो पोथी
‘कालो पोथी’ ९ करोडको व्यापार गर्दै धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा पाँचौ नम्बरमा रहेको छ ।
मसलेदार नेपाली चलचित्र हेर्ने दर्शकका लागि ‘कालो पोथी’ एउटा अर्गानिक चलचित्र हो । जसले नेपालको मौलिक कथालाई उत्कृष्ट शैलीमा प्रस्तुत गरेको छ ।
मिनबहादुर भामले निर्देशन गरेको यस चलचित्रमा शुक्रराज रोकाय, खड्गराज नेपाली, वेनिशा हमाललगायतका कलाकारले अभिनय गरेका छन् ।
७। लुट २
निश्चल बस्नेतको लेखन तथा निर्देशन रहको नेपाली कथानक चलचित्र ‘लुट २’ पनि सफल चलचित्र मध्येको एक हो । यो चलचित्र आठ करोडको व्यापार गर्दै धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा छैटौं नम्बरमा पर्न सफल भएको छ ।
माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, रीचा शर्मा, विपिन कार्की, कामेश्वर चौरासीयालगायतले अभिनय गरेका छन् ।
८। पशुपति प्रसाद
‘पशुपति प्रसाद’ धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा सातौ नम्बरमा पर्न सफल चलचित्र हो । यसले पाँच करोड ५० लाखको व्यापार गरेको थियो ।
यस चलचित्रमा एक पुरुषले पशुपति परिसरमा भोगेका जिवनका अनेक भोगाइलाई देखाइएको छ । खगेन्द्र लामीछानेको लेखन रहेको यस फिल्मलाई दिपेन्द्र के खनालले निकै कलात्मक ढंगले निर्देशन गरेका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा सीवाकाटी, विपिन कार्की, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ, भने चलचित्रको छायांकन निजाज कडेलले गरेका हुन् ।
९। कबड्डी कबड्डी
यो चलचित्र ‘कबड्डी’को सिक्वेल हो । यो चलचित्र ५ करोडको व्यापार गर्दै धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा आठौ नम्बरमा पर्न सफल भएको छ । यस चलचित्रमा राजनीतिक विषयवस्तुको उत्थान गरिएको छ भने प्रेम कथालाई पनि कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रीश्मा गुरुङ, बुद्धी तामाङ, उपेन्द्र सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको यस चलचित्रलाई शैलेन्द्र डी। कार्कीले छायांकन गरेका हुन् भने चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।
१०। प्रेम गीत
धेरै व्यापार गर्ने नेपाली चलचित्रको सूचिमा १० औं नम्बरमा परेको छ ‘प्रेम गीत’ । यसले चार करोडको व्यापार गरेको छ । यो प्रेम कथामा आधारित चलचित्र हो । जसलाई सुदर्शन थापाले लेखन तथा निर्देशन गरेका हुन् ।
सन्तोष सेनले निर्माण गरेको यस चलचित्रमा प्रदिप खड्का, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।onlinekhabar

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।