सुनको मूल्यमा सामान्य बढ्यो, कति छ आज ?



नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको र तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतवार र सोमवार नै चाँदीको मूल्य स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्